जाबो काम

देशको सबैभन्दा ठूलो पार्टी माओवादी फुट्ने हल्ला चलिरहेको धेरै भयो । तर, फुटेको भने अहिलेसम्म छैन । पार्टी फुटका लागि विभिन्नखाले प्रयास नभएका होइनन् । तर, ती कुनै पनि प्रयास सफल हुन भने सकिरहेको छैन ।
जनयुद्धकालमा माओवादीले धेरै कुरा फुटायो । कसैको टाउको, कसैको गाडी, कसैको घर । तर, जनयुद्ध सकिएपछि माओवादीको शक्ति यति छिन्न–भिन्न भयो कि अहिले ऊ आफ्नै एउटा पार्टी फुटाउन सकिरहेको छैन । पार्टी फुटाउन पूरा पार्टी नै लाग्दा पनि सफलता प्राप्त भएको छैन । यसले माओवादीको शक्ति र क्षमता दुवैमा प्रश्न जन्माइदिएको छ । जुन नेताहरूले जाबो आफ्नो एउटा पार्टी त फुटाउन सक्दैनन् भने अरू के सक्लान् ? वास्तवमा हो पनि । पार्टी फुटाउनु गाह्रो काम होइन । जोड्नु पो त गाह्रो काम हो तर यति सरल कामसम्म पनि गर्न नसक्ने पार्टीले देश बनाउने गाह्रो काम कसरी गर्न सक्ला ?
वास्तवमा जनयुद्ध सकिएपछि माओवादी सांच्चै कमजोर भएको रहेछ !

प्रतिकृया


अंग्रेजीमा कमेन्ट लेख्नको लागि (CTRL+G) थिच्नुहोस ।