परिषद द्धारा स्वागत सम्मान

लण्डन, २० अगस्त । अमेरिकाबाट बेलायत भ्रमणमा पाल्नु भएका साहित्यकार अटर्नी बिनोद रोक्का तथा श्रीमती मेनुका रोक्काका सम्मानमा एक स्वागत सम्मान साँझको आयोजना गरियो ।
नेपाली साहित्यविकास परिषद यू.के को पदाधिकारिहरु तथा साहित्यकारहरुद्धारा स्थानिय South Ealing स्थित Montys Restaurant मा आयोजना गरिएको कार्यक्रममा अतिथि साहित्यकार बिनोद रोक्का, अध्यक्ष खगेन्द्र नेपाली, वरिष्ठ सहअध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्ल, सहअध्यक्ष धुर्व केसी द्धारा मन्तब्य दिइएको थियो भने संस्थापक तथा साहित्यकार सुरेश जंगशाहले कार्यक्रम संचालन गर्नु भएको थियो । समारोहमा अतिथि लगायतका कविहरुले आ–आफ्ना कविताहरु वाचन गरेका थिए । रमाइलो रात्रि भोजका साथ सम्पन्न भएको उक्त स्वागत सम्मान कार्यक्रममा परिषदका वर्तमान तथा पूर्व पदाधिकारीहरु, कवि, लेखक, समाजसेवी तथा महिला वर्गहरुको उत्साहवर्धक सहभागिता रहेको थियो ।

वीरेन्द्र कुवँर
उपाध्यक्ष
नेपाली साहित्य विकास परिषद यू.के.

प्रतिकृया


अंग्रेजीमा कमेन्ट लेख्नको लागि (CTRL+G) थिच्नुहोस ।